चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा
एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन्। उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिको अवलोकन गरेका हुन् । नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढी तथा पहिरोका कारण अगस्ट २६ मा चिलुङ बन्दरगाह प्रभावित भएको थियो।
