बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बीमितलाई स्वास्थ्य बीमा सेवा सहज बनाउन सहभुक्तानी (को–पेमेन्ट) र सेवाको माथिल्लो सीमा (क्यापिङ) हटाउने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र क्यापिङ हटाएको हो ।
