प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै, महासभामा उठाउनेछन् जलवायु संकटको मुद्दा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । उनी छोटो अवधिका लागि अमेरिका जाने तयारीमा छन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय जनरल डिबेटमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ।
