SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: मृतकप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झुकाइयो राष्ट्रिय झण्डा

नेपाल सरकारले देशभर शोक दिवस मनाउने क्रममा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति मटिहानी नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ। मटिहानी नगरपालिकाको आह्वानमा सोमबार बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौनधारण गरी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार