बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
काठमाडाैं । राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नुवाकोट पुगेका छन्। त्यहाँ पुगेर उनले बाढीबाट भएको क्षति तथा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित नागरिकसँग भेटेर उनीहरूका समस्या र गुनासा सुनेका छन्। राष्ट्रपति पौडेलले जिल्ला सुरक्षा समितिसँग भोटेकोशी बाढीबाट नुवाकोटमा भएको धनजनको क्षतिबारे जानकारी लिएका छन्।
