SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।