पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
पाल्पा । पाल्पाका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए । पछिल्ला वर्षमा यहाँ डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि सङ्क्रमण सङ्ख्या उल्लेख्य छ ।
