पर्यटन विधेयक पुरानो कानुनभन्दा झन् नियन्त्रणमुखी छ, अहिलेको स्वरूपमा पास गर्नुको अर्थ छैन : सांसद रेग्मी
काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले प्रस्तावित पर्यटन विधेयकले निजी क्षेत्रका वर्षौंदेखिका माग सम्बोधन गर्न नसक्ने भन्दै अहिलेको स्वरूपमै विधेयक पारित गर्नुको अर्थ नरहेको बताएका छन् ।
