SHARE
Kalo Pati · सोमबार २२ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई विदुर नगरपालिकाले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।