SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

बाढीप्रभावित ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि

नुवाकोट । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। २०८३ भदौ २० गते सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए, जसमा ४८ महिला र ५३ पुरुष रहेका छन्।