SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने

काठमाडाैं । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तीव्र रूपमा काम भइरहेको छ । राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ ।