SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती

कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् । करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उहाँले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन् ।