जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताएका छन् । आज सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उनले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताए ।
