भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु
एजेन्सी । विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीवारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
