SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम

एजेन्सी । टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा सामान्य घटेर ३१.५१ प्रतिशत कायम भएको छ । अघिल्लो महिना (जुलाई) मा मुद्रास्फीति ३१.७५ प्रतिशत रहेको थियो । टर्कीको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अगस्टमा उपभोक्ता मूल्य अघिल्लो महिनाको तुलनामा १.८४ प्रतिशतले वृद्धि भएको छ ।