SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

बर्जर पेन्ट्स नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिन सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।