SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो । प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ अझै सम्पर्कविहीन छन् ।