जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा तयारी, दुईदेशबीच छलफल
जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतबीच छलफल भएको छ । नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच यस विषयमा बिहीबार पहिलो चरणको छलफल भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
