अछाममा भालुको आक्रमणबाट महिला गम्भीर घाइते
अछाम । अछामको रामारोशन गाउँपालिका–६, भटाकाटियाकी एक महिला भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी छन् । भटाकाटिया रोल्ते निवासी अम्बि साउँदलाई बिहीबार दिउँसो करिब १ बजे कालाबगरमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको टाउकोमा ठुलो घाउ लागेको छ भने उनी गम्भीर घाइते भएकी छन् ।
