SHARE
Samata Press · बुधबार १७ भौ २०८३ ०६:५५ PM · 1 मिनेट पढाइ

बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा नील हिरा समाजको एक लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नील हिरा समाजले प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ।  समाजले बुधबार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको हो। बाढीपहिरोका कारण ठूलो संख्यामा व्यक्ति, परिवार तथा समुदायको जनजीवन प्रभावित बनेको भन्दै समाजले प्रभावित समुदायप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ। समाजले विपद्को कठिन समयमा प्रभावित समुदायसँग साथमा उभिनु र आवश्यक सहयोगमा हातेमालो गर्नु सबैको साझा जिम्मेवारी भएको समेत जनाएको छ। समाजले बाढीपहिरोबाट प्रभावित व्यक्ति तथा समुदायलाई राहत तथा सहयोगका लागि आफूहरू साथमा रहेको जनाएको छ। विपद्बाट प्रभावित सबैको सुरक्षा, शीघ्र राहत तथा सहज पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा प्रतिबद्ध रहेको समाजले जनाएको हो। समाजले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवन सामान्य बनाउन सरकारी निकाय, नागरिक समाज, संघसंस्था तथा सबै सरोकारवालालाई सहयोग र सहकार्यका लागि आग्रहसमेत गरेको छ।