SHARE
Samata Press · आइबार​ १४ भौ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढीपीडितलाई नेकपाको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको हो । नगद सहयोगसँगै बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय पार्टीले गरेको जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद र राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो । पार्टीले सङ्कटको समयमा नागरिकको जीवन रक्षा, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सबै पक्षबिच सहकार्य र हातेमालो आवश्यक रहेको जनाएको छ ।