SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

बाढीपीडित विष्णुकुमारीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं । बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने भएको छ। काठमाडौं मेडिकल कलेज (केएमसी)ले मानवीय सहयोगस्वरूप डंगोलको मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेको हो। बाढीका कारण उपचारका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि डंगोलको मिर्गौला प्रत्यारोपणमा कठिनाइ उत्पन्न भएको थियो।