SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।  बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।  फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्। त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।