SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।       नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।   बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० र चाँदी रु चार हजार ९६५ कायम भएको थियो ।