बाढीपीडितको सहयोगमा गायिका मेलिना राईले गरिन् एक लाख सहयोग
काठमाडौं । गायिका मेलिना राईले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि एक लाख रुपैयाँ सहयोग गरेकी छन् । बाढीका कारण धेरै परिवारले घर, सम्पत्ति तथा जीविकोपार्जन गुमाउनुपरेको भन्दै उनले विपद्को यो कठिन घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न सामाजिक सञ्जालमार्फत उनले आग्रह गरेकी छन् । उनले अकस्मात् आएको बाढीबाट प्रभावित सम्पूर्ण नेपालीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै प्रभावित परिवारलाई कठिन परिस्थितिमा संयमित भएर अघि बढ्ने क्षमता मिलोस् भन्ने कामना गरेकी छन् । त्यस्तै, विपद्का क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जोखिममा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् । ‘कृपया सबै मिलेर सकेको सहयोग गरौँ’ भन्दै उनले आफूले पनि राहत तथा सहयोगका लागि एक लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेकी हुन् ।
