भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
