कर्णालीमा बल्ल मन्त्रीपरिषद बिस्तार, तिन मन्त्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीको दल नेकपामा मन्त्री हुने आंकाक्षी धेरै हुदा मन्त्रीपरिषद विस्तार हुन सकेको थिएन् । आंकाक्षी धेरै भए पनि नवनियुक्त मन्त्रीहरूमा सबै महिला भएका छन् । जसमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का छन् । खड्काद्वय रुकुम पश्चिमका हुन भने लामा हुम्लाकी हुन् । मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको नेकपाले पूर्वसमाजवादी धारकी कल्याणीलाई पनि मन्त्री बनाएको छ । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गछन् । नेकपाका मन्त्रीले शपथ लिएसँसै २९ दिनमा कर्णाली सरकारले पूर्णता पाएको छ ।
