भोटेकोशीमा बाढी : १६२ जनाको शव फेला, खोज तथा उद्धारमा तीन हजार प्रहरी परिचालन
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको छ। बिहीबार बिहानसम्म १६२ जनाको शव फेला परेको हो। प्रहरीकाअनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ। उद्धार भएकामध्ये ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार प्रभावित क्षेत्रमा २८ जना प्रहरी कर्मचारीहरू नै बेपत्ता रहेका छन्। उनीहरूसँग सम्पर्क हुन नसकिरहेको प्रहरीले जनाएको छ। इप्रका टिमुरेका २३ जनामध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका नौ जनामध्ये एक जना, प्रहरी चौकी स्याफ्रुबेसीका आठ जनामध्ये पाँच जना, अस्थायी प्रहरी पोष्ट मैलुङका आठ जनामध्ये तीन जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये दुई जना र प्रहरी चौकी हाकुका छ जनामध्ये पाँच जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
