SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

विपद्मा परे वा कोही समस्यामा परेको थाहा पाए यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौं। देशका विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरोको जोखिम बढिरहेका बेला गृह मन्त्रालयले विपद्मा परेका नागरिकको उद्धार तथा तत्काल सहयोगका लागि टोल फ्री नम्बर १२३४ मा फोन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको १२३४ विपद् कल सेन्टर २४सै घण्टा सञ्चालनमा रहेको छ ।