SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन

मकवानपुर । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ । प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ ।