SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

काठमाडौं । एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।