SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो ।