प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार तथा राहतका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसहितको बैठक बोलाएका हुन् ।
