SHARE
प्रदेश खबर · मङगलबार ९ भौ २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

महिला तथा बालिकामाथिको हिंसाविरुद्ध इलाममा प्रदर्शन, प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

इलाम : महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्याका घटनाविरुद्ध इलाममा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको संयुक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय इलाममार्फत बुझाइएको छ ।