SHARE
लोक पथ · मङगलबार ९ भौ २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

धितोपत्र र बीमासम्बन्धी कसुरमा फरार ४ प्रतिवादी पक्राउ

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गत कसुरमा संलग्न रही फरार रहेका ४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।