अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको आज उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् ।
