भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
नुवाकोट । किस्पाङ पुग्नेहरू भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । नुवाकोटको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो ।
