SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

तीन हजार फर्मले लिए छुट सुविधा

चितवन । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो ।