SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

पेरिसको म्युजियमबाट सुनबाट निर्मित बहुमूल्य कला चोरी

एजेन्सी । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तुहरू चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ । डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचौँ जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् ।