SHARE
कालिका खबर · आइबार​ ७ भौ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नेपालमा १ हजार १ सय ११ थान एसआरएम ईभी बिक्री

काठमाडौं । नेपालमा एसआरएम ब्रान्डका १ हजार १ सय ११ थान विद्युतीय सवारीसाधन बिक्री भएका छन्। एसआरएमका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले उक्त बिक्रीको कोसेढुंगा पार गरेसँगै बिक्रीपछिको सेवा सञ्जाल र ग्राहक सेवामा थप जोड दिने जनाएको छ। नेपाली बजारमा एसआरएमलाई प्रमुख व्यावसायिक विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यसहित भिजी मोटर्सले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो। कम्पनीले अब नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित देशभर बजार विस्तार गर्ने योजना अघि सारेको छ।