फेसबुकमा खुकुरीसहितको तस्वीर राखेको आरोपमा १८ वर्षीय युवक पक्राउ
रौतहट । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै तस्वीर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३ का १८ वर्षीय सुमन पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पटेललाई आफ्नै घरबाट पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा खुकुरीजस्तो हतियार प्रदर्शन गर्दै डरत्रास फैलाउने प्रकृतिको सामग्री पोस्ट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरी सार्वजनिक रूपमा त्रास फैलाउन खोजेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।
