SHARE
कालिका खबर · आइबार​ ७ भौ २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन्। नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ।