SHARE
कालिका खबर · आइबार​ ७ भौ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

शाही युवा शक्तिद्वारा पूर्वराजा शाहसँग भेटवार्ता

काठमाडौँ : देशमा पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र पुनर्थापनाका स्वरहरू सुनिने क्रम बढ्दो छ। यसै सन्दर्भमा राजसंस्था फर्काउने मूल एजेन्डासहित सक्रिय ‘शाही युवा शक्ति’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग महत्त्वपूर्ण भेटवार्ता गरेको छ। शनिबार शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले पूर्वराजा शाहलाई भेटी आफ्ना भावी योजना र अभियानबारे जानकारी गराएको स्रोतले जनाएको छ। भेटका क्रममा शाही युवा शक्तिको टोलीले राजसंस्था पुनर्स्थापनाको पक्षमा देशभरबाट ८० प्रतिशत नेपाली नागरिकको हस्ताक्षर सङ्कलन गर्ने आफ्नो अभियानबारे पूर्वराजा शाहलाई ‘ब्रिफिङ’ गरेको बताइएको छ ।