SHARE
कालिका खबर · शुक्रबार​ ५ भौ २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

वाणिज्य बैंकको सीईओले दुई वर्षपछि गभर्नर बन्न पाउने

काठमाडौं । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेको दुई वर्षपछि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै गभर्नरको योग्यतासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था थप गर्ने निर्णय गरेको हो। समितिको निर्णयअनुसार वाणिज्य बैंकको सीईओ पदबाट बाहिरिएको व्यक्तिले तत्काल गभर्नर बन्न नपाउने तर पद छाडेको दुई वर्ष पूरा भएपछि भने गभर्नरका लागि योग्य हुने व्यवस्था राखिएको छ। यसलाई दुई वर्षको ‘कुलिङ पिरियड’का रूपमा लागू गरिनेछ।