आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ३४ दिनमै सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो ३४औँ दिन बुधबार सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
