पोखरामा अत्याधुनिक प्रविधिसहित ‘राधिका नेत्रालय’ सञ्चालनमा
पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं राधिका नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा आफ्नै जन्मथलो पोखरामा नेत्रालय स्थापना गरिएको हो। आफ्नो व्यावसायिक यात्राबाट हासिल गरेको अनुभव, विशेषज्ञता र आधुनिक नेत्र उपचार प्रविधिलाई स्थानीय नागरिकसम्म पुर्याउने उद्देश्यले नेत्रालय सञ्चालनमा ल्याइएको डा. बास्तोलाले बताए।
