SHARE
कालिका खबर · शुक्रबार​ ५ भौ २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि सरकारले बनायो समिति

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन गरेको छ । सरकारी तथा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मत–सम्भारलाई व्यवस्थित गर्न स्थापन गर्न लागिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको नीतिगत मार्गदर्शन तथा सुपरिवेक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।