जनकपुरमा प्रोटोनको नयाँ सोरुम सञ्चालनमा, इ.मास ५ सार्वजनिक
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ। हालै मलेसियामा आयोजित ‘एलियान्ज डीएसएफ भेइकल अफ द इयर अवार्ड्स २०२६’ मा इ.मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को उपाधि जितेको कम्पनीले जनाएको छ।
