रोयल इन्फिल्डले नेपालमा ल्यायो ‘क्लासिक ३५० गोरखा एडिसन’, मूल्य ५ लाख ९९ हजार
काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, साहस र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ। गोरखा एडिसन विशेष गोरखा ग्रीन रङमा उपलब्ध छ। मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्काउने विशेष डिजाइन तथा फिचर थप गरिएको छ।
