SHARE
कालिका खबर · शुक्रबार​ ५ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा गाडी मात्र होइन, सवारीसाधनसँग जोडिएको सम्पूर्ण उद्योग देखाइने

काठमाडौं । नेपालमा यो महिना सवारीसाधनका नयाँ मोडल र प्रविधि हेर्नमा बितेको छ । अब आगामी साता भने गाडी खरिद गरेपछि आवश्यक पर्ने सेवा, उपकरण तथा वित्तीय सुविधाबारे जानकारी लिन सकिने भएको छ। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब ३ लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुनेछ। प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन् भने २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्राण्ड सहभागी हुनेछन्। तर यसपटक नाडा अटो शोको विशेषता सवारी ब्राण्डमा मात्र सीमित छैन।